काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको आइपीओमा पहिलो दिन शुक्रबार ५० हजार १७३ जनाले आवेदन दिएका छन् ।
ती आवेदकहरुले पहिलो दिन नै २३ लाख ८१ हजार ३८० कित्ता सेयरको माग गरेका बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
यो कम्पनीले आजदेखि ३१ लाख ६० हजार १८३ कित्ता आइपीओ बिक्रीका लागि खुल्ला गरेको थियो ।
दोश्रो बजारमा आधाजसो जलविद्युत कम्पनीको सेयर मूल्य अंकित मूल्यभन्दा तल रहेको अवस्थामा जलविद्युत लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्यले आइपीओ जारी गरेको यो कम्पनीमा पहिलो दिन नै २३ लाख ८१ हजार बढी कित्ताका लागि आवेदन पर्नुलाई विश्लेषकहरुले 'उत्साहजनक' अवस्था र 'तरलता फालाफाल भएको बेला कम्पनीलाई भएको फाइदा' भनेका छन् ।
कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा साउन २१ गते र ढिलोमा भदौ ३ गते हुनेछ।
लगानीकर्ताले ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago