काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेको आईपीओमा खरिद आवेदन दिने आज बुधबार अन्तिम मौका रहेको छ।
कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता रु. १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेकोमा सोमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ३१ लाख ६० हजार १८३ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द आज साउन २१ गते (बैंकिङ समयपछ) हुनेछ।
लगानीकर्ताले ‘मेरो सेयर’ बाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार साँझसम्म यो कम्पनीको आईपीओमा ३ लाख ३४ हजार २९२ जनाले कुल १ करोड ४० लाख ५३ हजार ७६० कित्ता खरिदका लागि आवेदन दिएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19