काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विद्युतीय गाडीहरुमा न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदी ट्रेडिङसँग सहकार्य गरेको छ।
यो सहकार्य बैंकिङ क्षेत्रमै एक उत्कृष्ट योजनाअन्तर्गत पर्दछ। जसमा ८०% फाइनान्सिङसहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घन्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ।
वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्द्घन गर्न बैंकले यो समझदारी गरेकोे छ। जसमा न्यून ब्याजदर, लचिलो समयावधिजस्ता विशेषताहरु समावेश गरिएको छ।
एनएमबिको यस कर्जा योजना; व्यवसायसँगसँगै वातावरणीय दायित्व पूरा गर्नेे सचेत प्रयास पनि हो। यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको छ।
यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकलाई कर्जा प्रदान गर्नेमात्र नभई वातावरणलाई दिगो बनाउनसमेत टेवा पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ। थप जानकारीको लागी call@nmb.com.np मा ई–मेल वा ०१–५९७०१५०÷५२ मा सम्पर्क गर्न सकिनेछ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago