काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एनएमबि बैंकलाई ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको छ।
सेबोनले बिहीबार (फागुन १८ गते) एनएमबि बैंकलाई ‘एनएमबि डिबेन्चर १०.७५प्रतिशत–२०८९÷९०’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै अब एनएमबि बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ। जसमा २४ लाख इकाइ व्यक्तिगत तबरबाट र १६ लाख इकाइ सर्वसाधारणलाई बिक्री गरिनेछ।
एनएमबि बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यो ऋणपत्रमा लगानीकर्तालाई वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।
एनएमबि बैंकको ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago