काठमाण्डौ । एनएमबि बैंकको ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र आवेदन दिने आज (चैत २४ गते) अन्तिम दिन रहेको छ।
बैंकले गत चैत २१ गतेबाट ‘एनएमबि डिबेन्चर १०.७५–२०८९/२०९०’ नामक ऋणपत्र बिक्री खुला गरेको थियो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ ऋणपत्र बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये बैंकले २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्ने छ भने बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि जारी गरिएको छ।
सर्वसाधारणका लागि छुट्याइएको १६ लाख इकाइमध्ये ८० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएमा ४५ हजार बाँडफाँड गरिसकिएको छ। बाँकी इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा १६ लाख इकाइसम्म्म खरिद आवेदन दिन सक्नेछन्।
यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago