काठमाण्डौ । एनएमबि क्यापिटल लिमिटेडको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)अन्तर्गत इकाइधनीहरुले अब एकपटक सेटअप गरेका आधारमा भुक्तानी सेड्युल गरी एसआईपीमा लगानी गर्न सक्ने भएका छन्। 

एनएमबि क्यापिटल र एनसीएचएलबीच भएको सम्झौताअनुसार एनएमबि क्यापिटलका इकाइधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एकपटक अनलाइन ई–म्यानडेट भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्नेछन्। 

एनएमबि क्यापिटलको एसआईपीअन्तर्गत खुलामुखी योजनाअनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ। लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानीसमेतमा कम्पाउन्डिङ रिटर्नको लाभ लिन मिल्ने गरी एसआईपीमा लगानी गर्न सकिन्छ। आफूले चाहेअनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा एसआईपीमार्फत लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ। 

एसआईपीसम्बन्धी थप जानकारी र लगानीका लागि www.nmbcl.com.np मा गई एसआईपीमा आबद्ध हुन वा भुक्तानी गर्न सकिन्छ साथै उक्त लगानी गर्न ई–म्यानडेटको प्रयोगले अब ग्राहकलाई पटक–पटक भुक्तानी समय सम्झिने झन्झटबाट समेत मुक्त गर्ने अपेक्षा गरिएको छ। 

एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्विचअन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको ई–म्यानडेटमार्फत कुनै पनि किसिमको सेड्युल पेमेन्टलाई एकपटकको सेटअपका आधारमा अटोमेट गर्न सकिन्छ। डाइरेक्ट डेबिट ई–म्यानडेट प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायले उक्त भुक्तानी उपकरण प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायले उक्त भुक्तानी उपकरण प्रयोगमा ल्याउने क्रम जारी गरेको छ।