काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडबाट सञ्चालित दुईवटा म्युचुअल फन्डले आर्थिक वर्ष २०७५/७६ का लागि इकाइधनीलाई प्रतिफल वितरण घोषणा गरेका छन् । 

एनएमबी क्यापिटलको तेस्रो म्युचुअल फन्ड 'एनएमबी ५०' लन्च गर्न आइतबार आयोजित समारोहमा क्यापिटलका सञ्चालक समितिका अध्यक्ष पशुपति मुरारकाले सञ्चालनमा रहेका दुवै म्युचुअल फन्डले वितरण गर्ने प्रतिफलको घोषणा गरेका हुन् ।

उनका अनुसार आजै बिहान बसेको सञ्चालक समितिको बैठकले 'एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड-१' का इकाइधनीलाई १५ प्रतिशत र 'एनएमबी हाइब्रिड फन्ड एल-१' का इकाइधनीलाई १० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । 

दुवै योजनाको प्रस्तावित लाभांश करसहितको हो ।