काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
बैंकले ‘एनएमबी ऋणपत्र ८%–२०८४/८५’ नामक ऋणपत्रको निष्कासन अनुमति माग्र्दै मंसिर २३ गते बोर्डमा आवेदन दिएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने अनुमति मागेको छ।
कुल इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन हुने बैंकले जनाएको छ। यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
सातवर्षे ऋणपत्रमा लगानीकर्ताहरुले ८ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19