काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको झन्डै २१ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको छ। 

कम्पनीको कुल २० लाख ८३ हजार ११३.४५ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरिएको हो। 

योसँगै कम्पनीको अब संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ५१ः४९ प्रतिशत भएको छ।