Nepal Stock Exchange
काठमाण्डौ । बोनस सेयर जारी गरेपछि निर्माण हुने चुक्तापूँजीको ८० प्रतिशत अर्थात ३ अर्ब ८० करोड बराबरको हकप्रद सेयर वितरणको घोषणा गरेको नेपाल बंगलादेश बैंकको सेयरमा लगानीकर्ताहरुको थामिनसक्नु घूइँचो लागेको छ ।
बंगलादेश बैंकले ठूलो परिमाणमा हकप्रद जारी गर्ने निर्णय गरेसँगै उसको सेयर कारोबारले उचाई चुमेको हो । यो बैंकको आइतबार एकदिनमै ३५ करोड ५८ लाख भन्दा बढीको सेयर कारोबार भयो ।
बंगलादेश बैंकको उच्च सेयर कारोबारले समग्र नेप्से परिसूचकलाई पनि उकास्न मद्धत गर्यो । जसका कारण समग्र नेप्से परिसूचक ३१.२६ अंकले उकालो लागी १५९७.९६ अंकमा पुगेको छ ।
आइतबार पूँजीबजारमा १ सय ३३ कम्पनीका २१ लाख ३१ हजार ८ सय ५९ कित्ता सेयर १ अर्ब ९६ करोड ४७ लाखमा किनबेच भयो । एकैदिन १ अर्ब ९६ करोड ४७ लाखको शेयर कारोबार भएको यो नै पहिलोपटक हो । नेप्से परिसूचक पनि १६ सय नजिक पुगेको पहिलो पटक हो ।
साताको पहिलो कारोबार दिन आइतबार बजारलाई माथि उठाउन वाणिज्य बैंक, बिमा, विकास बैंक र होटल समूहले महत्वपूर्ण भूमिका खेले । वाणिज्य बैंक समूह ४७.४७ अंकले उक्लिँदा बिमा समूह पनि ३०.७ अंकले उकालो लाग्यो । विकास बैंक समूहको सूचक २२.२७ अंकले उक्लियो भने होटल समूह १०.७९ अंकले उकालो लाग्यो । बित्त समूहमा १.४१ अंकको झिनो बढोत्तरी देखियो भने अन्य समूहमा १.७१ अंकको बढोत्तरी भयो । जलविद्युत समूह भने ८.३ अंकले ओरालो लाग्यो । आइतबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ७.१३ र २.२१ अंकले उक्लिए ।
आइतबार यूनाइटेड इन्स्योरेन्सको ११ करोड ७२ लाख, एभरेष्ट बैंकको १० करोड ९८ लाख, स्ट्याण्र्ड चार्टर्ड बैंकको ८ करोड २४ लाख, डिप्रोक्स डेभलपमेन्ट बैंक लिमीटेडको ५ करोड ३६ लाख बराबरको सेयर किनबेच भयो । आइतबार उत्कृष्ट कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थान बैंकहरुले ओगटे भने बाँकी ५ स्थानमा बिमा कम्पनीकै कब्जा रह्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago