काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई करसहित १६.७२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको आइतबार बसेको ७५२ औँ सञ्चालक समितिको बैठकले १५.८९ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले एक अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासम्मको अपरिस्कृत एनएफआरएस प्रतिवेदन अनुसार बैंकले गत आवमा एक अर्ब ७ करोड २० लाख रुपैयाँ मुनाफा गरेको थियो।
बैठकले मुनाफाबाट प्रस्तवित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर आएपछि आगामी साधारणसभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गर्ने बैठकले निर्णय गरेको छ ।
प्रस्तावित बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब नाघ्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago