– अर्जुन तिमिल्सिना
काठमाण्डौ । ब्रोकरले ल्याउने भनेको नयाँ टीएमएस सञ्चालनका लागि आवश्यक पर्ने एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) पोलिसी यही साताभित्र नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समिति (बोर्ड) लाई बुझाइने भएको छ।
धितोपत्र बजारमा देखिएका समस्या समाधानका लागि सेबोनमा गठित टास्क फोर्सले यही साताभित्र एपीआई पोलिसी बोर्डलाई बुझाउने भएको हो। लामो समय देखि अन्यौलमा रहेको एपीआई पोलिसी निर्माणको काम अब भने अन्तिम चरणमा पुगेको छ।
टास्क फोर्सका संयोजक एवं सेबोनका कार्यकारी निर्देशक निरज गिरीले एपीआई पोलिसी अध्ययन गरेर दुई दिनभित्र बोर्डलाई बुझाइने बताए। ‘बोर्ड बैठकले नै अब एपीआई पोलिसीको टुंगो लाग्नेछ’, उनले भने।
स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली यो महिनाभित्रै एपीआई पोलिसीको टुंगो लागेमा आउँदो साउन १ गतेबाट लगानीकर्तालाई नयाँ टीएमएस दिन आफूहरु तयार रहेको बताए। ‘नयाँ सिस्टम सञ्चालनका लागि हाम्रातर्फबाट सबै तयारी पूरा भइसकेको छ’, उनले भने, ‘यदि कुनै बाधाअड्चन नभएमा तथा अन्तर्राष्ट्रियस्तरको टेस्टेड र सिस्टम डेभलपर कम्पनीलाई सहज हुने गरी नीति आएमा साउन १ गतेसम्म नयाँ टीएमएस ल्याउन सकिन्छ।’
मैनालीले यदि सिस्टम डेभलपर कम्पनीको कारोबार तथा पुँजीजस्ता विषय राखेर असहज बनाइएमा नयाँ टीएमएस सञ्चालनमा ल्याउन समय लाग्न सक्ने पनि बताए। ‘त्यसैले ब्रोकरको टीएमएस छिटो सञ्चालनमा ल्याउन नेप्सेले पनि सहज गरिदिनुपर्छ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago