काठमाण्डौ ।एपोलो हाईड्रोपावरले सर्वसाधारणहरुमा आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १४ लाख १० हजार कित्ता साधारण  सेयर प्रत्याभूति व्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग मंगलबार सम्झौता गरेको हो । 
सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

 

कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत् आयोजना ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका,सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरेर ६ मेवा क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ ।
 

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विसं २०७५ साउन  २२ गते विद्युत खरिदबिक्री सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको बताएको छ ।