काठमाण्डौ । टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो प्रडक्ट र अपरेटिङ सिस्टमको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई करोडौँ रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको छ ।
कम्पनीले आफ्ना प्रडक्ट र अपरेटिङ सिस्टम अन्य कम्पनीको सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आम मानिसलाई सुरक्षा कमजोरी पत्ता लगाउन चुनौती दिँदै पुरस्कारको घोषणा गरेको हो । कम्पनीले सेक्युरिटी बाउन्टी प्रोग्राम घोषणा गर्दै जो व्यक्तिले एप्पलको प्रडक्टमा सुरक्षा कमजोरी पत्ता लगाउँछ उसलाई १७.१२ करोड रुपैयाँ पुरस्कारस्वरुप दिने जनाएको छ ।
एप्पलले यदि कसैले यस्तो सुरक्षा कमजोरी पत्ता लगाए जुनबारे कम्पनी स्वयम् नै जानकार छैन भने उसले पुरस्कार पाउने जनाएको छ । त्यस्तै उक्त कमजोरीबारे कम्पनीका सिस्टम डेभलपरहरुलाई पनि थाहा नभएमा थप ८.५६ करोड रुपैयाँ पुरस्कार राशि थपिने घोषणा गरेको छ ।
यसअघि गत अगस्टमा पनि कम्पनीले केबल बग प्रोग्रामलाई लिएर यस्तो घोषणा गरेको थियो । यद्यपि यसपालि भने सबै सेक्युरिटी रिसर्चरलाई खुला चुनौती दिँदै एप्पलले सुरक्षा कमजोरी पत्ता लगाउनेले यति ठूलो धनराशि पुरस्कार दिने घोषणा गरेको हो । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago