काठमाण्डौ । विश्व तीव्रगतिमा डिजिटल युगतर्फ अग्रसर भइरहेको छ। विश्वमा पैसा कमाउने थुप्रै अवसरहरु छन् । तर अब ती अवसरलाई हात पार्न तपाइँ प्रविधिमैत्री हुनु अत्यन्त जरुरी भइसकेको छ । यदि तपाइँ प्रविधिप्रति निकै झुकाव राख्नुहुन्छ भने तपाइँसँग पैसाको कुनै कमी हुने छैन् ।
आईफोन बनाउने कम्पनी एप्पलले यस्तै प्रविधिमैत्री युवाहरुका लागि यस्तै अवसर जुराइदिएको छ । एप्पलको साइबर सेक्युरिटी रिसर्चर्सले १ मिलियन अर्थात १० लाख अमेरिकी डलर कमाउने अवसर सिर्जना गरेको हो ।
एप्पलले यदि कसैले उसको उत्पादन आईफोन ह्याक गर्न सक्छ वा त्यसका त्रुटिहरु पत्ता लगाउन सक्छ भने कम्पनीले त्यस्तो व्यक्तिलाई पुरस्कारस्वरुप १० लाख अमेरिकी डलर दिने घोषणा गरेको हो ।
यसअघि पनि एप्पलले रिसर्चर्सका लागि पुरस्कारको घोषणा गरेको थियो । कम्पनीले यदि कसैले आईफोनमा त्रुटि भेट्टायो वा क्लाउड ब्याकअपमा कुनै किसिमको प्रविधिक कमजोर पत्ता लगायो भने पुरस्कार दिने भनेको थियो ।
हालै अमेरिकाको लस भेगसमा आयोजित ‘ब्ल्याक हट सेक्युरिटी कन्फ्रेन्स’ मा एप्पलले भनेको थियो कि यदि कसैले आईफो वा म्याक सफ्टवेयरमा कुनै किसिमको प्राविधिक फल्टको उजागर गरेमा त्यो पुरस्कार दिइनेछ । यदि कोही ह्याकर्स वा रिसर्चर्स आईफोन ह्याक वा रिमोट एक्सेस गर्न सक्छ भने उसलाई १० लाख अमेरिकी डलरको पुरस्कार दिइने घोषणा गरिएको थियो । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago