काठमाण्डौ। एप्पल कम्पनीले इन्टरनेट पोलिसीमातहत रहेर यो एक साताका अवधिमा एप्पल स्टोरबाट लगभग ४ हजार ५०० गेमहरु हटाएको छ।
टेकनोडको रिपोर्टका अनुसार गत सातामात्र केवल दुुई दिनमा चिनियाँ एप स्टोरबाट ३ हजारभन्दा धेरै गेमहरु हटाइएका छन्। चिनियाँ सरकारद्वारा गत १ जुुलाईबाट जारी गरिएको इन्टरनेट पोलिसीको दबाबका कारण एप्पलले आफ्नो चिनियाँ एप स्टोरबाट ४ हजार ५०० भन्दा धेरै गेमहरु हटाउनुुपरेको हो।
नयाँ नियमअनुुसार चीनको एप्पल एप स्टोरमा आफ्नो एप अपलोड गर्नुुभन्दा अघि चिनियाँ नियामकबाट अनिवार्य अनुुमति लिनुुपर्ने हुुन्छ। एप्पल चीनका मार्केटिङ म्यानेजर टान्ड कुुहन्सले जुुलाई १ बाट चिनियाँ सरकारले नयाँ नियमको अधीनमा रही प्रत्येक दिन सयौँ गेम एपलाई आफ्नो स्टोरबाट हटाइरहेका छन्।
चीनले एक वर्षमा लगभग १ हजार ५०० गेमलाई लाइसेन्सको अनुुमति प्रदान गर्ने गर्दछ। यो प्रक्रियामा ६ महिनादेखि १२ महिना लाग्ने गर्दछ। जसलाई एप स्टोरसम्म अपलोड हुुन धेरै समय लाग्ने गर्दछ।
एक अनुुमानका अनुुसार चीनको यो नयाँ प्रतिबन्धका कारण कुुल २० हजारभन्दा धेरै एप प्रभावित हुुन सक्नेछन्।
यतिबेला एप्पलले चीनमा करिब ६० हजार गेमहरुलाई होस्ट गरिरहेको छ। यी सबै एपलाई डाउनलोड गर्न प्रयोगकर्ताले तिनहरुलाई खरिद गर्नुुपर्दछ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago