काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सरु केसीको नेतृत्वको महिला उद्यमी विकास समिति विस्तार गरेको छ। 

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र सभापति सरु केसीको उपस्थितिमा महासंघमा उक्त समिति विस्तार गरिएको हो। कोशी प्रदेशका महिला उद्यमीहरुलाई उत्थान गर्ने उद्देश्यले उक्त समिति विस्तार गरिएको हो। 

उक्त समितिका सदस्यहरुमा इलाम उवासंघकी उपाध्यक्ष दिव्या भट्टराई, मेची उवासंघकी उपाध्यक्ष निर्मला चौहान भण्डारी, इटहरी उवासंघकी का.का. सदस्य मिना ढकाल आचार्य, विराटनगरकी सन्तोषी श्रेष्ठर विराछटनगरकी बेबी सिंहा रहेकी छन्।

यसैगरी आमन्त्रित सदस्यमा इटहरीकी गुडिढा पौडेल (दीक्षा), विराटनगरकी कविता बस्नेत सुवेदी र बुढीगंगाकी अन्जु राई बस्नेत रहेकी छन्।

समितिका सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै अध्यक्ष राजेन्द्र राउतले अहिलेको अवस्थामा उक्त समितिले कोशी प्रदेशमा रहेका उद्यमी महिलाहरुको तथ्यांक संकलन गरी उद्यमी महिलाहरुको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।