काठमाण्डौ । सेयर बजारमा थप पारदर्शिता ल्याउन भारतको सेक्युरिटी एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले कम्पनी वा समूहमा बहुसंख्यक हिस्सेदारी राख्ने फरेन पोर्टफोलियो लगानी (एफपीआई)का लागि अतिरिक्त डिस्क्लोजर पेस गर्नुपर्ने अनिवार्य गरेको छ।

डिस्लोजरमार्फत अब एफपीआईले ती सबै संस्थाका बारेमा जानकारी दिनुपर्नेछ, जसमा आफ्नो हिस्सेदारी, आर्थिक हित र नियन्त्रण अधिकार रहेको छ। त्यस्ता डिस्क्लोजरका लागि सेबीले टाइमलाइन पनि निर्धारण गरेको छ। 

सेबीले जारी गरेको परिपत्रमा नयाँ फ्रेमवर्क नोभेम्बर १ देखि लागू हुने बताइएको छ। अब आफ्नो एयूएममा ५० प्रतिशतभन्दा बढी हिस्सेदारी कुनै एउटा ग्रुप वा कम्पनीमा भएका एफपीआईले होल्डिङका लागि अतिरिक्त डिस्क्लोजर दिनुपर्नेछ। यसका साथै त्यस्ता एफपीआईको भारतीय बजारमा कुल होल्डिङ भारु २५ हजार करोडभन्दा बढी हुनुपर्नेछ। 

अतिरिक्त डिस्क्लोजर उपलब्ध मितिबाट ३० दिनसम्म एफपीआईले त्यस्ता कम्पनीको सेयर किन्न नपाउने सेबीले नियम ल्याएको छ। –एजेन्सी