Everest Bank Fraud
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार परिसुचकले सकारात्मक मोड लिएको छ । अघिल्लो साता अन्तिम कारोबार दिन पनि झिनो अंकले बढेर सकारात्मक संकेत गरेको बजार झिनो अंकमा भए पनि बढेको हो ।
आइतबार बजार परिसुचक २.८३ अंकले बढेर १७०० अंकको उचाईमा फर्किएको हो ।
बित्तीय समुहको सुचकका कारण बजारले सकारात्मक मोड लिएको देखिएको छ । ७३ करोड बढीको कारोबार भएको बजारमा वाणिज्य बैंक समुहले मात्र ४९ करोड हाराहारीमा कारोबार गरे । वाणिज्य बैंकमध्ये पनि एभरेष्ट बैंक एक्लैले २० करोड बढीको सेयर कारोबार गरयो । एभरेष्ट बैंकले निकै ठुलो परिमाणमा हकप्रद र लाभांश घोषणाको तयारी गरिरहेको हल्ला बजारमा व्याप्त भएपछि त्यसको प्रभावले यो बैंकको सेयरप्र्रति लगानीकर्ताको आकर्षण बढेको हो । पुजी बजार नै प्रभावित गर्ने हल्लाको बिषयमा बैंकले औपचारिक रुपमा बोलेको छैन । तर बैंककै अधिकारीले अनाधिकारिक र गैरकानुनी रुपमा सचना चुहाएर बजार प्रभावित पारेको स्रोतहरुले बताएका छन् ।
आइतबार दुई समुहबाहेक बाँकी सबै समुहको सुचकमा हरियो पोतियो । बिमा समुह ३८.८८ अंकले वृद्धि भयो भने वाणिज्य बैंक समुह २.७, बित्त समुह ३.३७, विकास बैंक समुह १.०१ अंकले उक्लियो । अन्य समुह ०.५८ अंकले बढ्दा होटल समुह र जलविद्युत समुह क्रमशः १२.९७ र ५.१६ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
आइतबार बजारमा १३७ कम्पनीको ८ लाख ६२ हजार कित्ता सेयर कारोबार भयो । सबैभन्दा बढी एभरेष्ट बैंकले २० करोड ४३ लाख बराबरको कारोबार गर्यो । यस्तै, सिभिल बैंकले ४ करोड, शिखर इन्स्योरेन्सले ३ करोड २० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ९२ लाख, बैंक अफ काठमाण्डौ लुम्बिनी लिमीटेडले २ करोड ९१ लाख, क’मारी बैंकले २ करोड ६ लाख, एनएमबी बैंकले १ करोड ८९ लाख, नवील बैंकले १ करोड ५८ लाख, एसबीआई बैंकले १ करोड ५२ लाख र सिद्धार्थ बैंकले १ करोड ४९ लाखको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार एनबी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मुल्य ५.५९ प्रतिशतले वृद्धि भयो । यसैगरी, देव विकास बैंकको सेयर मुल्य ४ प्रतिशतको हाराहारीमा बढ्यो ।
राष्ट्रिय विमा कम्पनीको प्रोमोटर सेयर, राष्टिय विमा कम्पनी लिमीटेडको सेयर मुल्य ६ प्रतिशतको हाराहारीमा घट्यो । रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मुल्य साढे ५ प्रतिशतको हाराहारीमा ओरालो लाग्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago