काठमाण्डौ । एभरेष्ट बैंकले भैरहवास्थित जगदम्बा स्पिनिङ मिल्समा एटीएम सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कम्पनीले मायादेवी गाउँपालिका- ३ स्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङगणमो एटीएम सेवा सञ्चालनमा ल्याएको हो ।उक्त सेवाको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् ।

सो अवसरमा कम्पनीका सीईओ खालिङले एटीएम सेवा विस्तारसँगै मिल्समा कार्यरत सम्पूर्ण मजदूर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका- ३ का स्थानीय बासिन्दालाई आर्थिक कारोबार गर्न थप सहज र सरल हुने बताए ।

सोही अवसरमा मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्राङगणमा एटीएम सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए । 

योसँगै कम्पनीको एटीएमको संख्या १६३ पुगेको छ । सोही अवसरमा कम्पनीले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदूरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ ।

कार्यक्रममा कम्पनीका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धि जानकारी गराएका थिए । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित क्षेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति थियो ।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार  गरेको उक्त कम्पनीका हाल १३ लाख ग्राहकहरु रहेका छन् ।कम्पनीले देशैभरी छरिएर रहेको आफ्ना १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट आधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।कम्पनीले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।