काठमाण्डौ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा बैंकको नाफा ३६.८५ प्रतिशतले बढेको हो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। बैंकको सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ रहेको छ। चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको लाभांश क्षमता ४२ प्रतिशत बढी रहेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.७९ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.१२ प्रतिशत थियो।
बैंकको खराब कर्जा बढ्दा प्रोभिजनका रुपमा राख्नुपर्ने इम्पेयरमेन्ट चार्ज पनि बढेर ७३ करोड ५४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ३२ करोड ५४ लाख रुपैयाँमा सीमित थियो।
बैंकको सञ्चालन मुनाफा ४ अर्ब ८४ करोड रुपैयाँ रहेकोे छ। अघिल्लो वर्ष यस्तो मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३६.५१ प्रतिशतले बढेको छ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४३.७४ प्रतिशतले बढेर ७ अर्ब ४४ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १८ करोड रुपैयाँ रहेको थियो।
बैंकको रिजर्भको आकार ११.०२ प्रतिशतले बढेर १० अर्ब २२ करोड रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा ९ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३१.७२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २६.३० रुपैयाँ थियो। पीई रेसियो १७.७५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19