काठमाण्डौ । एभरेष्ट बैंकका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ।

मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मंगलबार राती  उनको निधन भएको हो ।उनी २६ वर्षदेखि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा थिए । 
गत असोज ३० गतेको कम्पनीको २९ औं वार्षिक साधारण सभाले पनि उनलाई यसवर्ष पनि अध्यक्षको रूपमा चयन गरेको थियो।

उनले उक्त समयमा आफ्नो यो कार्यकाल अन्तिम हुने घोषणा गरेका थिए । उनी एसबिएल प्रालि भारतका समेत अध्यक्ष थिए। श्रेष्ठका २ छोरी र एक छोरा छन्। 

कम्पनीमा भारतीय पञ्जाब नेशनल बैंकको २०.०३ प्रतिशत संस्थापक सेयर छ । त्यस्तै, ३०.७८ प्रतिशत अर्थात् २ करोड ४७ लाख ११ हजार ५०३.६९ प्रतिशत सेयर सर्वसाधारणको छ बाँकी रहेको ४९.१९ प्रतिशत सेयर श्रेष्ठ,उनको परिवार र अन्य कम्पनीको नाममा रहेको छ ।