काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको सेयर सस्तैमा उठाउने आज आइतबार अन्तिम मौका रहेको छ ।
गत जेठ १४ गते एभरेस्ट इन्स्योरेन्सले बिक्री खुला गरेको हकप्रद सेयरको बिक्न बाँकी रहेको ६.४४% अर्थात ५ लाख २९ हजार ७८० कित्ता सेयर गत साउन २९ गतेदेखि लिलामीमा राखेको हो ।
कम्पनीले १:३ अनुपातमा १०० रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निष्कास गरेको थियो । जसमा ७६ लाख ८९ हजार ६५६ कित्ता सेयरमात्र बिक्री भएको छ भने ५ लाख २९ हजार ७८० कित्ता सेयर बिक्री हुन बाँकी छ । बिक्री हुन बाँकी रहेको हकप्रद सेयरमा संस्थापकतर्फ १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारणतर्फ ३ लाख ८३ हजार २०५ कित्ता रहेको छ ।
लिलामी आवेदनमा लगानीकर्ताले संस्थापकतर्फ न्यूनतम १०० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ ।
आवेदकले प्रतिकित्ता न्यूनतम रु १०० र सोभन्दा माथि मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
कम्पनीले हकप्रदबाट ८२ करोड १९ लाख पूँजी जुटाउन खोजेको हो । पूँजी वृद्धिको दवाबमा रहेको यो कम्पनीले अन्य विकल्प छाडेर हकप्रदको बाटो रोजेको हो ।
हाल यो कम्पनीको चुक्तापूँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब ९ करोडको उचाईमा पुग्नेछ ।
यो कम्पनीले यसअघि पनि १०५% हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले एकपछि अर्को गर्दै ठूलो परिमाणमा सेयरधनीलाई हकप्रदको भारी बोकाएर बिमा समितिले तोकेको चुक्तापूँजी पुर्याउन खोजेको हो ।
हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago