काठमाण्डौ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सत्ता गठबन्धनबीच सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेस गर्ने सहमति भएको हो।
यसअघि साझा धारणा बनाउने प्रयासमा पटक–पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएका थिए। एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न आज पनि बैठक डाकिएको थियो।
आज प्रतिनिधिसभामा एमसीसी अनुमोदनका लागि प्रस्ताव पेस गर्ने सरकारको तयारी छ। गठबन्धनको बैठकमा निर्णय भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर एमसीसीबारेको कार्यसूची तय गर्ने बताइएको छ।
एमसीसी टेबल भए पनि माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीलगायतले पास गर्न भने नसघाउने स्रोत बताउँछ।
एमसीसीमा भोटिङको बेला भने माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने तयारी गरेको स्रोत बताउँछ। विपक्षमा मतदानपछि नैतिकताका आधारमा पनि सरकारमा बस्न नमिल्ने भएकाले माओवादी बाहिरिनेछ।
यसैगरी आज एमसीसी टेबल गर्ने कार्यसूची बनेको अवस्थामा पनि अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत नगर्ने भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएकाले घरमै आराम गरेर बसेका छन्। ‘अब अर्कै मन्त्रीले एमसीसी टेबल गर्नेछन्’, स्रोतले भन्यो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago