काठमाण्डौ । अमेरिकी सहयोग परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषद्को बैठक संसद भवनमा बस्ने तयारी गरेको छ। 

बैठक संघीय संसद भवनको ल्होत्से हलमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भइरहेको हो। ‘एमसीसीबारेको व्याख्यात्मक घोषणाको प्रस्ताव तयार पार्न मन्त्रिपरिषदको बैठक बस्न लागेको हो’, स्रोतले भन्यो। 

एमसीसी आजै संसदबाट पारित गर्ने भनिएको छ। दलहरुको बैठक भइरहेको संसद बैठक बस्न ढिलाइ भइरहेको छ।  

यसअघि आज बिहान वालुवाटारमा बसेको सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरिसकेको छ।