काठमाण्डौ। प्रतिनिधिसभामा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएको छ। 

सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको सैद्धान्तिक छलफल संसदबाट पारित गर्दै बैठक आधा घन्टाका लागि स्थगित गरेका छन्। उनले अर्को बैठक साढे ६ बजे डाकेका छन्। अब बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णायार्थ पेस गरिनेछ।

यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ। संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ। 

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसदमा अनुमोदनका लागि लगिनेछ। 

आजै बसेको गठबन्धनको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो।