काठमाण्डौ । एमसीसी परियोजनाअन्तर्गत सबस्टेसन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न भनिएको छ। 

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति काठमाण्डौले आज एक सूचना जारी गर्दै अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको हो। अधिग्रहण गरिएका जग्गामा सबस्टेसन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएकोले घरजग्गा खाली गर्न सूचनामा आग्रह गरिएको छ। 

जग्गा प्राप्ति ऐन २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरूसमेत निर्धारण भई सोको विवरण तथा जग्गाको लगतकट्टा एवं नामसारीसमेत भइसकेका घरजग्गा खाली गर्न सूचनामा आग्रह गरिएको छ। ४०० केभी रातमाटे सबस्टेसनका लागि नुवाकोटमा आवश्यक जग्गा अधिग्रहण गरिएको थियो।