काठमाण्डा । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित गरिएको छ। 

गत फागुन १५ गते बसेको प्रतिनिधिसभा बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको एमसीसी सम्झौता कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरेको हो। 

राजपत्रमा प्रकाशित १६४ पृष्ठ लामो दस्तावेजमा एमसीसी सम्झौताबारे पूर्ण व्याख्या गरिएको छ। 

२०७४ भदौ २९ गते नेपाल सरकार र एमसीसीबीच उक्त सम्झौता भएको थियो।