काठमाण्डौ । एयर इन्डिया विमानमा सवार एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

यो घटनाले कोरोना संकटबीच भारतले आन्तरिक उडान सुरु गरेकोले आउँदा दिनमा झनै भयावह अवस्था हुन सक्ने आँकलन गर्न थालिएको छ। कोरोना संक्रमण हुन नदिन यात्रुको सुरक्षा प्रबन्धहरु मिलाउँदै भारतका विभिन्न राज्यमा सोमबारदेखि आन्तरिक उडानको अनुमति दिइएको छ। 

योसँगै विभिन्न राज्यबाट आन्तरिक हवाई सेवा सुरु भइसकेको छ। यसै क्रममा मंगलबार दिल्लीबाट लुधियाना गएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भारत सञ्चार माध्यमहरुले जनाएका छन्। 

एयर इन्डियाले एयरलायन्सको सुरक्षा विभागमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। उनी कम्पनीकै कामलले सोही  फ्लाइटमा दिल्लीबाट लुधियाना जाँदै थिए।

ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त फ्लाइटमा सवार सम्पूर्ण यात्रु र फ्लाइट प्रबन्धमा खटिएका सम्पूर्ण कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको एयर इन्डियाले जनाएको छ। – एजेन्सी