काठमाण्डौ । लाइफ इन्स्योरेसन कर्पोरेशन(नेपाल) लिमीटेडले ३६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । 

कम्पनीको साउन २४ गते बिहीबार अपरान्ह ४.३० बजे बसेको ९४ औं बोर्ड बैठकले आर्थिक वषृ ०७३/७४ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ३६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.८९४७४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५ सय रुपैयाँको ३६ प्रतिशतले हुन आउने ४८ करोड ४ लाख ८३ हजार ९ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८१ करोड ५१ लाख माथि पुग्नेछ । 

यो निर्णय बीमा समितिको स्वीकृति र आगामी बस्ने बीमकको १६औं वार्षिक साधारण सभाले अनुमोदन गरेपपछि लागू हुने एलआइसी नेपालका कम्पनी सचिव विनोदकुमार भूजेलले जानकारी दिएका छन् । 

आर्थिक वर्ष २०७३/७४ को नाफाबाट यो लाभांश घोषणा भएको हो । कम्पनीले २ अर्ब चुक्तापूँजी पुर्याउनका लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट समेत केही समयपछि अर्को बोनस सेयर घोषणा गर्नुपर्ने हुन्छ । यसका लागि उसले आगामी ५ महिनाभित्रमा २ वटा आर्थिक वर्षको साधारणसभा सक्नुपर्नेछ । यो हिसाबले कम्पनीका सेयरधनीले चालु आर्थिक वर्षभित्रै २ वटा आर्थिक वर्षको बोनस पाउने देखिन्छ ।  

यो कम्पनीले हालसम्मकै सर्वाधिक बोनस सेयर वितरणको निर्णय गरेको देखिएको छ । प्रत्येक वर्ष लगानीकर्तालाई निकै आकर्षक बोनस खुवाउँदै आएको कम्पनीको बोनस इतिहास टेबलमा देखाइएको छ: