काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सद्वारा आयोजित मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान् तथा बिजनेश एक्सिलेन्स अवार्ड शनिबार सम्पन्न भएको छ।

बाराको सिमरामा आयोजित कार्यक्रममा एजेन्सी व्यापार र प्रत्यक्ष व्यापार अन्तर्गत देशभरमै उत्कृष्ट स्थान हासिल गरेका हरिवन शाखाका वरिष्ठ अभिकर्ता विपिन कुमार खनाल तथा दोश्रो स्थान हासिल गर्न सफल वीरगञ्ज शाखाकी वरिष्ठ एजेन्सी म्यानेजर देवका कुमारी बराललाई ट्रफीसहित सम्मान गरिएको छ। 

कार्यक्रममा मधेश प्रदेशभरिमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएका प्रत्यक्ष व्यवसायतर्फ प्रथम् विपिन कुमार खनाल, द्वितीय बर्दिबास शाखाकी रविता कुमारी यादव र कलैया शाखाकी अनिता देवी सिंहलाई पनि सम्मान गरिएको थियो । 

विजेताहरुलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत् दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुलि र प्रदेश प्रमुख रामरुप सहनीले संयुक्तरूपमा ट्रफी हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा वीर‍गञ्ज, कलैया, हरिवन, बर्दिबास, जनकपुर, राजविराज, लहान र गाइघाट शाखा अन्तर्गतका उत्कृष्ट अभिकर्तालाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो ।दुई दिनसम्म आयोजित कार्यक्रममा मोटिभेशनल ट्रेनर लेखनाथ पौड्यालले प्रशिक्षण दिएका थिए । कार्यक्रममा २०० जना अभिकर्ताको सहभागीता थियो।

कम्पनीले अभिकर्ताहरुलाई व्यवसायिक प्रशिक्षणका साथै उत्कृष्ट अभिकर्ताहरुको सम्मानका लागि गत वर्षदेखि प्रादेशिकरुपमा बिजनेश एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ। कम्पनीले यसअघि काठमाण्डौ, बिर्तामोड, भैरहवा र नेपालगञ्जमा पनि बिजनेश एक्सिलेन्स अवार्ड समारोह आयोजना गरिसकेको बताएको  छ।