काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ८ लाख थियो । 

समीक्षा अवधिमा कम्पनीको कुल बिमा शुल्क आजन १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यस्तो आर्जन अघिल्लो वर्षको यही अवधिमा १ अर्ब १ करोडमा सीमित थियो । 

कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय ३६ करोड ६६ लाखबाट बढेर ४४ करोडको उचाईमा पुुगेको छ। ीबमालेखको धितोमा कर्जाबाट हुने आय ७५ लाखबाट बढेर १ करोड ११ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा कम्पनीले ७ करोड ९४ लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यसतो भुक्तानी ६ करोड ५३ लाख रुपैयाँ रहेको थियो । 

कम्पनीको जगेडाकोष घटेको छ भने जीवन बिमा कोष केही मजबुत भएको छ । अघिल्लो वर्ष यही अवधिमा २९ करोड २० लाख रुपैयाँ रहेको जगेडा तथा कोषमा रकम घटेर २५ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, अघिल्लो वर्ष ८ अर्ब ८६ करोड रहेको जीवन बिमा कोष मजबुत भई ११ अर्ब ३२ करोडको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४२ पैसा, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५७ पैसा, मूल्य आम्दानी अनुपात २१४.१५ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५८७.४८ रुपैयाँ कायम भएको छ । 

यो कम्पनीले हाल २५ वटा शाखा तथा ७० वटा उपशाखामार्फत देशव्यापी रुपमा जीवन बिमा सेवा बिस्तार गरेको छ ।