काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ । 

कम्पनीको सोमबार बसेको संचालक समितिको १२२ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट विद्यमान चुक्तापूँजीको १२ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.६३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय बिमा समितिबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।