काठमाण्डौ । नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । 

यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । 

सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ समाविष्ट छन् ।

विद्यार्थीहरुले सिम आफ्नो नजिकैको एनसेल सेन्टरबाट प्राप्त गर्न सक्नेछन् । सिम प्राप्त गर्न विद्यार्थीहरुले एसइइको प्रवेश कार्ड र  अभिभावकको नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो एक थान् लिएर जानुपर्नेछ ।

पहिलो सिमका अफरहरुः

एसइइ सिममा समाविष्ट अफरहरु अन्तर्गत मात्र रु. १७.७० मा दैनिक डाटा प्याकहरुः 
दिनको प्याकमा ३०० एमबि, जुन विहान ५ बजेदेखि साँझ ५ बजेसम्म कायम रहनेछ र रातको प्याकमा असीमित इन्टरनेट, जुन राति ११ बजेदेखि विहान ७ बजेसम्म कायम रहनेछ ।

सिम सुचारु गरेपछि यदि ग्राहकले रु.५० वा त्यसभन्दा बढीको रिचार्ज गरेमा बदलामा २४ घण्टाका लागि १०० एमबि डाटा र १०० एसएमएस सित्तैंमा प्राप्त गर्नेछन् । 

यस्तै माइफाइभ सेवा एक वर्षका लागि निःशुल्क प्राप्त हुनेछ, जसमा ग्राहकले कुनै पनि ५ वटा एनसेल नम्बरहरुसँग ३० दिनका लागि ० पैसामा र ३० दिनपछि ०.९९ पैसामा ११ महिनाका लागि जोडिन सक्ने एनसेलले जनाएको छ । 

यो पहिलो सिम अफर यही २०७६ बैशाख ६ गतेदेखि ९० दिनसम्म लागू गरिएको छ ।

थप जानकारी १७१०३ डायल गरी प्राप्त गर्न  सकिने बताइएको छ ।