काठमाण्डौ । स्मार्ट टेलिकमले स्टुडेन्ट सिम अन्तर्गत विशेष योजना प्रस्तुत गरेको छ । 

यस योजनाअन्तर्गत कम्पनीले एसईई २०७५ मा सहभागी विद्यार्थीहरुलाई मात्र रु. १ मा स्टुडेन्ट सिमकार्ड उपलब्ध गराउनेछ । 

यो सिमकार्ड लिन विद्यार्थीले एसईई प्रवेशपत्रको फोटोकपीसहित आवश्यक कागजात प्रस्तुत गर्नुपर्नेछ । 

स्मार्टले उपलब्ध गराएको, स्टुडेन्ट सिमकार्डमा १५०० एमबी डेटा रहेको छ, जुन हरेक महिना ५०० एमबीका दरले ३ महिनासम्म प्राप्त गर्न सकिनेछ । 

यो सिमकार्ड एसईई परीक्षा दिएका विद्यार्थीहरुका लागि मात्र रहेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । 

यससँगै एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई उच्च गतिको इन्टरनेटको अनुभव प्राप्त हुने कम्पनीको दाबी छ ।

यो योजना यही अप्रिल ४, २०१९ बाट शुरु भई ९० दिनसम्मका लागि नेपाल अधिराज्यभर लागू हुने बताइएको छ । 

स्टुडेन्ट सिमकार्ड नजिकै रहेका स्मार्ट सेन्टरहरु र एडुुवल्र्ड ग्रुप अफ एडुकेशन प्रा.लि.बाट मात्र उपलब्ध हुने छ ।