काठमाण्डौ । ट्रेडिङ उपसमूहमा रहेको साल्ट ट्रेडिङ कम्पनी(एसटीसी) को दोस्रो बजारमा केही समययता सेयरका खेलाडीहरुले तीव्र चलखेल जारी राखेका छन् । यो कम्पनीको केही समययता सेयरमूल्य अचाक्ली र अप्राकृतिक रुपमा बढाउने गिरोह सक्रिय रहेको छ ।

एसटीसीको बोर्ड अफ डाइरेक्टरमा रहेका ९ जनामध्ये ७ जना मात्र पब्लिक डाइरेक्टरका रुपमा रहेका छन् । लक्ष्मीदास मानन्धर अध्यक्ष रहेको बोर्डमा उर्मिला श्रेष्ठ सीइओ पदमा रहेकी छिन् । स्रोतकाअनुुसार उर्मिला श्रेष्ठ अध्यक्ष मानन्धरकै बुहारी हुुन् । 

बजारमा पब्लिक सेयर तिनै ७ जनाको नाममा मात्र सीमित रहेको स्रोत जिकिर गर्छ । यो कम्पनीमा अटो व्यवसायी अञ्जन श्रेष्ठ समेत डाइरेक्टरको रुपमा रहेका छन् । उनी पनि अध्यक्ष र सीइओको नाताकै मान्छे हुन् । अध्यक्ष, सीइओ, संचालक लगायत मिलेर मूल्यमा चरम खेल खेली सर्वसाधारणलाई डूबाउने खुलेआम प्रयास भइरहँदा समेत कुनै पनि निकाय वा पक्षले यसतर्फ चासो दिएको छैन । 

यो कम्पनीको पब्लिक डाइरेक्टरको रुपमा कृतिकुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ, निरञ्जन श्रेष्ठ रहेका छन् । 

अनि तिनै ७ जना पब्लिक डाइरेक्टरले सेयरको आपूूर्ति र मागमा चलखेल गर्दा एसटीसीको सेयरमूूल्य २ सय रुपैयाँबाट १ महिनामै १६ सय नाघिसकेको छ । बलूून फुलाए झैं कम्पनीको सेयरमूूल्य बढाई चलखेल गर्ने भएकाले विवेकी लगानीकर्ताहरुले बेलैमा सचेत हुुन जरुरी ठहर्छ ।

कम्पनीको वासलात समेत सार्वजनिक नगर्ने एसटीसीले करिब ४० प्रतिशत लाभांश दिँदा समेत अहिलेको बढेको मूल्य जस्टिफाइ नहुुने सेयर जानकारहरु बताउँछन् । आकर्षक लाभांश दिने र सेयरको आपूूर्ति कम भएको हौवा पिटाउँदै यस्ता एसटीसीजस्ता कम्पनीको सेयरमूूल्यमा चलखेल गर्दै बढाउँदा टुप्पोमा सोझा लगानीकर्ताहरु फस्ने गरेका छन् । 

कम्पनीको बिक्री, आम्दानी, रिजर्भ, ऋण रकमबारे कुुनै स्पष्ट जानकारी नहुुनुु र नियामकको अभाव हुुँदा यस्ता सेयरमा चलखेल गरेर सोझा लगानीकर्ताहरुलाई महङ्गोमा सेयर भिडाउने गरिन्छ ।