काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को २५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको छ।
गत माघ २१ गते सम्पन्न कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट पारित भएको उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ। गत माघ ११ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको खातामा बोनस सेयर जम्मा गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार माघ ११ गतेपछि सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः बोनस सेयर जम्मा हुने व्यवस्था गरिएको छ।
नगद लाभांश जारी गर्दा ऋणात्मक लाभांश हुने (कम्पनीलाई रकम बुझाउन बाँकी रहेको) सेयरधनीहरुको हकमा उक्त रकम जम्मा गरेपश्चात मात्र बोनस सेयर खाताम जम्मा गर्ने हुने भएकोले यथाशीघ्र उक्त रकम जम्मा गर्न पनि कम्पनीले जनाएको छ। बोनस सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दार्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको कम्पनीले स्पष्ट पारेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19