काठमाण्डौ । आर्थिक वर्ष २०७९–८० मा ओटीसी मार्केटमा पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ओटीसी मार्केटको अवधारणाको विकास २०६४ सालदेखि सञ्चालनमा ल्याएको हो। २०७२ माघ १८ गतेदेखि कम्पनी रजिस्ट्रारको कार्यालयको सूचनाअनुसार नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक सर्तहरु पूरा हुन नसकी सूचीकरण हुन नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार तथा नामसारी नेप्सेको ओटीसी मार्केटमार्फत कारोबार गर्न सकिने व्यवस्था गरिएको छ। 

गत आर्थिक वर्षमा ओटीसी मार्केटमार्फत जम्मा ८४ कम्पनीको २ करोड १२ लाख ६४ हजार ९५ कित्ता सेयर २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ७८६ रुपैयाँमा किनबेच भएका छन्।

यो एक वर्षको अवधिमा ओटीसी मार्केटमा कारोबार गर्ने लगानीकर्ताहरुले ५ करोड २९ लाख ५५ हजार ९८० रुपैयाँ पुँजीगत लाभकर तिरेका छन्। 
हाल नेप्सेमा २०६ वटा कम्पनी ओटीसी मार्केटमा दर्ता छन्।