काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ओभर दी काउन्टर (ओटीसी) बजारमा पौने २ अर्ब रुपैयाँको हाराहारीमा कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जारी गरेको तथ्यांकअनुसार पहिलो त्रैमासमा ओटीसी बजारमा विभिन्न कम्पनीका १ अर्ब ७१ करोड ६ लाख ६८ हजार ७४० कित्ता सेयर किनबेच भएका छन्। यो अवधिमा विभिन्न कम्पनीका करोड ३६ लाख ७२ हजार १२० कित्ता सेयर किनबेच भएका छन्। 

ओटीसी मार्केट भनेको के हो ?

नेप्सेमा सूचीकरण हुन नसकेका तथा सूचीकरण खारेजी भएका कम्पनी पनि सेयर किनबेच गर्न सकिने बजारलाई ओभर दी काउन्टर (ओटीसी) मार्केट भनिन्छ।

यो मार्केटमा दलालबिना नै शुक्रबार र सार्वजनिक बिदाका दिनबाहेक बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म नेप्सेमा कारोबार हुन्छ। यो व्यवस्था सूचीकरण खारेजी भएका कम्पनीको सेयर किनबेच हुने व्यवस्था नभइरहेको अवस्थामा नेप्सेले पहिलोपटक २०६५ जेठ महिनामा ‘ओटीसी बजार नियमवली, २०६५’ ल्याएको हो। उक्त विनियामवलीअनुसार नेप्सेले स्वचालित कारोबारबाहेक छुटै काउन्टर खोली खारिदकर्ता र बिक्रीकर्ताको सीधै सम्पर्कबाट कारोबर हुने गर्छ।

ओटीसी बजारमा कारोबार हुने प्रक्रिया

लगानीकर्ताले खरिदबिक्री आदेश सेयर दलालमार्फत नभई सीधै ओटीसी मार्केटमा आएर दिन सक्नेछ। 

यसरी हुन्छ सेयर कारोबार

  • धितोपत्र बिक्रेताले बिक्री गर्न चाहेको कम्पनीको धितोपत्र सम्भन्धित कम्पनीबाट प्रमाणित गरी आवश्यक कागवपत्रसहित बिक्री आदेश दिन सक्नेछन्।
  • प्राप्त आदेशलाई नेप्सेले क्रमअनुसार दर्ता गर्छ। 
  • धितोपत्र खरिदकर्ताले खरिद गर्न चाहेको कम्पनीको आदेश भरी दर्ता गराउनुपर्छ र १० प्रतिशत रकम धितोपत्र बजारलाई पेश्कीस्वरुप बुझाउनुपर्छ। 
  • प्राप्त आदेशलाई उल्लेखित कम्पनीको नाम तथा धितोपत्र लगानीकर्ताको जानकारीका लागि मूल्य अंकितपाटी (प्राइस कोटिङ बोर्ड) मा उल्लेख गरिन्छ। 
  • धितोपत्र बजारले प्राप्त खरिदबिक्री आदेशका आधारमा दर्ताक्रम तथा मूल्यका आधारमा दर्ताक्रम तथा मूल्यलाई आधारमानी मूल्य तथा संख्या घटबढ गर्नुपर्ने हुन्छ। 
  • उल्लेखित प्रकियाअनुसार मूल्य तथा संख्या मिलेमा कारोबार हुन्छ। 

राफसाफ प्रक्रिया

राफसाफका लागि धितोपत्र बिक्रेताले धितोपत्रको प्रमाणपत्र ३ कार्यदिनभित्र तोकिएको शाखामा पेस गर्नुपर्छ भने खरिदकर्ताले खरिद गरेको धितोपत्रको रकम, नामसारी दस्तुर त्यति नै दिनभित्र नेप्सेले तोकेको बैंकमा दाखिला गरी सम्बन्धित शाखामा पेस गर्नुपर्छ। 

यसरी ओटीसी बजारमार्फत नेप्सेमा सूचीकरण हुन नसकेका कम्पनीका सेयर कारोबर हुन्छ।