काठमाण्डौ । सेल्फी एक्सपर्ट एण्ड लिडर, ओपोले नेपाली उपभोक्ताका लागि ओपो एफफाइभको ड्यासिङ ब्ल्यू लिमिटेड एडिशन सार्वजनिक गरेको छ ।
आकर्षक नीलो रंगमा सार्वजनिक यो फोनले एफ फाइभको लोकप्रियतालाई थप उचाईँ प्रदान गर्ने कम्पनीको विश्वास छ । लिमिटेड एडिशनका रुपमा मूल्य रु. ३६ हजार ४ सय ९० निर्धारण गरिएको नयाँ फोन कम्पनीको नेपालभरका अफलाइन बिक्री केन्द्र मार्फत उपलब्ध गरिएको कम्पनीले जानकारी दिएको छ ।
‘विशेषगरी यूवा पुस्ता माझ भ्यालेन्टाइन्स डेको लोकप्रियता बढ्दो छ । आफ्ना प्यारा तथा नजिकका ब्यक्तिलाई विशेष उपहार दिने बढ्दो प्रचलनका कारण बजारमा पृथक तथा विशेष उत्पादनको माग बढ्दो छ । यही मागलाई दृष्टिगत गर्दै हाम्रा उपभोक्तालाई उपहार प्रदान गर्न केही विशेष उपलब्ध गराउने सोचका साथ प्रेमको पवित्रताको प्रतिकका रुपमा लिइने नीलो रंगमा ओपो एफफाइभको ड्याशिङ ब्ल्यू एडिशन सार्वजनिक गरेका छौँ । नयाँ उत्पादनले हाम्रा उपभोक्ताको मागलाई केही हद सम्म भएपनि सम्बोधन गर्ने र तिनले यसलाई विगतमा झैँ रुचाउने हामीले आशा लिएका छौँ’, सार्वजनिक फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने ।
क्लासिक तथा बोल्ड रंग
विश्वभरका उपभोक्ता र तिनमा पनि विशेष गरी यूवा पुस्ता लक्षित ब्राण्डका रुपमा ओपो एफफाइभ ब्ल्यू लिमिटेड एडिशनले ओपोको फेशन, सुन्दरता र रोमान्सप्रतिको झुकावलाई प्रतिविम्बित गर्छ । प्रकाश पर्दा ऐना झै टल्किने चहकिलो ब्ल्यू ईफेक्ट सहितको ब्याक प्यानल प्रिमियम लुक्सले सुसज्जित छ । क्लासिक र बोल्ड रंगमा उपलब्ध गरिएको ओपो एफफाइभ ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनले पृथक फेशन स्टाइल दिनुका साथै फोन प्रयोगकर्ताहरु माझ तपाइको ब्यक्तित्वको सफल चित्रण गर्न सघाउँछ ।
एआई ब्यूटी रिकग्निशन प्रविधि
ओपो एफफाइभ सिरिजका अन्य मोडल्समा झै ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनमा पनि पर्सनलाइज्ड ब्यूटीका लागि एआई ब्यूटी रिकग्निशन प्रविधि उपलब्ध गरिएको छ । यसमा रहेको एआई प्रविधिले तस्विरमा रहेका ब्यक्तिको मुहार आकृतीका बारेमा सूचना संकलित गर्दै केन्द्रिकृत डाटाबेसमार्फत तिनका बारेमा जान्ने तथा सिक्ने क्षमता राख्छ । यो प्रविधिको क्षमतामा सुधारका लागि आरएण्डडी प्रक्रियाका दौरान ब्यवसायिक फोटोग्राफर तथा मेक–अप आर्टिस्टहरु संग सल्लाह तथा सुझाव संकलन गरिएको थियो । नतिजा स्वरुप यो प्रविधिले प्रयोगकर्तालाई अझ उत्कृष्ट र आकर्षक तस्विर लिन सघाउँछ ।
उच्च रेजोल्यूशन, उत्कृष्ट नतिजा
ओपो एफफाइभ ड्याशिङ ब्ल्यू लिमिटेड एडिशनमा एफ/२.० एपर्चर सहितको २० एमपी फ्रण्ट क्यामेरा र एफ/१.८ एपर्चर सहितको १६ एमपी क्षमताको रियर क्यामेरा जडान गरिएको छ । बजारमा रहेका सोही मूल्य श्रेणीका अन्य प्रतिस्पर्धी मोबाइलमा रहेका १३ एमपी वा १६ एमपी क्यामेराका तुलनामा यो उपकरणमा उत्कृष्ट गुणस्तरका तस्विरका लागि (२१६०/१०८०) उच्च रेजोल्यूशन उपलब्ध गरिएको छ । मोबाइलमा रहेको फ्रण्ट क्यामेराले बोके एफेक्ट उपलब्ध गराउनुका साथै, फ्रण्ट एचडीआरले ओभर एक्स्पोजर जस्ता समस्याको समाधान सहजै उपलब्ध गराउँछ ।
फुल–स्क्रिन र मनमोहक डिजाइन
ओपो एफफाइभ ड्यासिङ ब्ल्यू लिमिटेड एडिशनमा फोनको आकारमा बृद्धिबिना नै ६ ईञ्चको फुल–स्क्रिन एफएचडी प्लस डिस्प्ले उपलब्ध गरिएको छ । १८ः९ एस्पेक्ट रेसियो सहितको उच्च रेजोल्यूशन स्क्रिनको माध्यमबाट यसले प्रयोगकर्तालाई ठूलो स्क्रिनमा जीवन्त दृश्यको मज्जा लिन सघाउँछ । साथै, यसमा अपनाइएको कट–अफ्स विनाको स्लिक यूनिबडी डिजाइनले हेर्दा पातलो प्रिमियम अनुभव दिन्छ । आकर्षक लुक्सका साथै फोन हत्केलामा समाउनपनि निकै आरामदायी छ । फोनमा प्रयोगकर्तालाई फोन अनलकका लागि नयाँ फेसियल रिकग्निशन प्रविधि सहितको फेशियल अनलक सुविधापनि उपलब्ध गरिएको छ ।
कलर ओएस– हालसम्मकै उत्कृष्ट
४ जीबी ¥याम र ३२ जीबी रोम क्षमता सहितको ओपोको कलर ओएस ३.२ले प्रयोगकर्तालाई सहज परिचालन अनुभुति प्रदान गर्ने कम्पनीको दावी छ । फोनमा ओ–सेयर फाइल सेयरिङ प्रविधिपनि उपलब्ध गरिएको छ । यो प्रविधिले ब्ल्यू टूथका तुलनामा केही सेकेण्डमै १ सय गुणा तिब्र गतिमा (८ देखि १० ओटा, ३ एमबी प्रति) ओपो फोनहरुका विचमा तस्विर तथा भिडियो आदान प्रदान गर्न सक्ने क्षमता राख्छ ।
अधिक शक्तिशाली, कम ताप उत्सर्जन
कम्पनीको फ्ल्यागशिप ओक्टा–कोर सीपीयू प्रोशेसरले कम उर्जाको खपत, न्यूनतम ताप उत्सर्जन गर्दै तिब्र कार्य सम्पादन क्षमता प्रदर्शित गर्छ (पछिल्ला कलर ओएस भर्जन्स्का तुलनामा ४०% सुदृढ कार्य प्रदर्शनी) । फोनमा निहित शक्तिशाली कार्य सम्पादन क्षमताका कारण एउटा एपबाट अर्कोमा जान तथा गेमिङमा रमाउनेका लागि फोन निकै उपयोगी उत्पादनका रुपमा रहेको छ । साथै, फोनमा स्प्लिट स्क्रिन फिचरपनि उपलब्ध गरिएको छ । उदाहरणका लागि स्प्लिट स्क्रिन फिचरको उपयोग गर्दै तपाई एउटै स्क्रिनमा यू–ट्यूवको मज्जा लिँदै फेसबुक म्यासेञ्जरमा च्याट समेत गर्न सक्नु हुन्छ ।
शक्तिशाली ब्याट्री
ओपो एफफाइभमा निरन्तर लामो समय सम्म फोनको प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ३ हजार २ सय एमएएच क्षमता सहितको ब्याट्री प्रयोग गरिएको छ । साथै, फोनमा प्रयोग गरिएको निरन्तर ओप्टिमाइजिङ प्रविधिले एप्स ब्यवस्थापनमा सघाउँदै प्रयोगकर्तालाई १२ घण्टा सम्म लगातार फोनको प्रयोग गर्न सघाउँछ (परिक्षणमा आधारित) । यसमा गेमिङका लागि ‘डु नट डिस्टर्व’ फङ्सन पनि दिइएको छ । यसको मद्दतले गेम खेलिरहेको बखतमा कसैको फोन आउँदा नोटिफिकेशनलाई ब्यानरका रुपमा देखाउँछ । खेल खेलिरहँदा खेलमा डिस्टर्ब नहोस् साथै, महत्वपूर्ण फोन कल नछुटोस् भन्नु यसको मुल उद्देश्य हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago