काठमाण्डौ । चर्चित मोवाइल ब्राण्ड ओपोले नेपालमा आफ्ना केही लोकप्रिय फोन मोडलको मूल्य समायोजनको घोषणा गरेको छ ।
कम्पनीद्वारा जारी विज्ञप्ति अनुसार अब ओपो एफथ्री, एफवान एसका दूबै भ्यारियण्ट (३ जीबी तथा ४ जीबी) र ए७१को मूल्य समायोजन गरिएको छ ।
आफ्ना उपभोक्ताहरुका लागि नजिकिँदै गरेको नयाँ बर्षको कोशेलीस्वरुप कम्पनीले मूल्यमा समायोजनको घोषणा गरेको जनाएको छ ।
सेप्टेम्बर २०१६ मा सार्वजनिक गरिएको ओपो एफवान एस नेपालमै कम्पनीको पहिलो फ्ल्यागशिप मोडल हो । डुअल सेल्फी क्यामेरा (एउटा सेल्फी र अर्को सामूहिक सेल्फीका लागि)सहितको एफथ्री मे–२०१७ मा सार्वजनिक गरिएको हो ।
नेपाली स्मार्टफोन बजारमा बेष्ट सेलरको रुपमा गन्तीमा आउने दुबै फोन मोबाइल फोटोग्राफीको क्षेत्रमा उपलब्ध गराइएको नवप्रबद्र्धनात्मक तथा अत्याधुनिक प्रविधिका लागि उपभोक्ता माझ निकै लोकप्रिय छन् । त्यसैगरी, सेप्टेम्बर २०१७ मा सार्वजनिक ए७१ मिडरेञ्ज्ड फोन हो । ए७१ यूवा वर्ग र विशेष गरी कलेज अध्ययनरत यूवा पुस्ता माझ विशेष लोकप्रिय छ ।
‘उपभोक्ताको माग र आवश्यकताको सम्बोधन गर्दै तिनलाई उत्पादन मार्फत समग्र सन्तुष्टि प्रदान गर्नु हाम्रो पहिलो प्राथमिकता हो’, मूल्य समायोजनका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने , ‘उपभोक्ता माझबाट अफर, छुट लगायतको माग हुँदै आइरहेको कुरालाई दृष्टिगत गर्दै हामीले नजिकिँदै गरेको नयाँ बर्षको कोशेली स्वरुप मूल्य समायोजन सहित लोकप्रिय फोन उपलब्ध गराएका हौँ । यो कदमले तिनको माग सम्बोधन गर्नु हाम्रो उद्देश्य हो ।’
मूल्य समायोजन पश्चात ओपो एफथ्रीको मूल्य रु. ३१,५९० एफवानएस (४जीबी) रु. २८,९९०, एफवानएस (३जीबी) रु. २७,९९० र ए७१को रु. २०,४९० निर्धारण गरिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago