काठमाण्डौ । ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ ।
रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको नयाँ संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ यसमा प्रशस्त फोटोग्राफीमा सुधार ल्याउने फिचर्स उपलब्ध छन् ।
“रेनो सिरिजको रचनात्मक स्पिरिट (भावना)लाई आफूमा समाहित गर्दै यो नयाँ समिकरणले प्रयोगकर्तालाई रचनात्मकताका थप मार्गप्रशस्त गर्दै नयाँ दृष्टिकोण प्रस्तुत गर्न प्रोत्साहित गर्नेछ ।”, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, “यसमा रहेको अत्याधुनिक क्यामेरा प्रविधिले बृहत ल्याण्डस्केपदेखि संकुचित गल्ली तथा पर्याप्त सौर्य प्रकाश रहेका समुन्द्री किनार होस् वा औंशीको अँध्यारो रात, हरेक वातावरण तथा परिस्थितीमा यसले उत्कृष्ट प्रदर्शनी दिने क्षमता राख्छ ।”
ओपो रेनोटू एफमा कम्पनीले क्वाड (चारओटा) क्यामेरा सेटअपको ब्यवस्था गरेको छ । फोनमा उपलब्ध चार क्यामेरामा ४८एमपी अल्ट्रा क्लियर मेन लेन्स, ८एमपी वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २एमपीपोट्रेट लेन्स रहेका छन् ।
अहिले फोनमा उपलब्ध गरिएको ४८एमपी क्षमताको प्रमुख लेन्स पछिल्ला पुस्ताका लेन्सको तुलनामा ठूलो मात्र नभई अझ बढी रेजोल्यूशन दिने क्षमता राख्छ । यसमा रहेका एफ१.७९ एपर्चर र १/२.२५ ईञ्च सेन्सरको सहायताबाट यसो हुनु सम्भव भएको हो ।
फोनमा रहेका शक्तिशाली क्वाड क्यामेरा र तिनमा समाहित ४८एमपी प्रमुख लेन्स र अल्ट्रा नाइट मोड २.०का माध्यमबाट यसले जस्तोसुकै परिस्थितीमा उत्कृष्ट तस्विर खिच्ने क्षमता राख्छ । यसमा रहेका वाइड एंगल लेन्स र सोलुप भिडियो एडिटरका कारण रेनोटू एफको भिडियो खिच्ने क्षमता पनि उत्तिकै रहेको कम्पनीको दाबी छ ।
पप्-अप् क्यामेराः
प्रयोगकर्तालाई प्राकृतिक देखिने सेल्फी पस्कन रेनोटू एफमा पप्(अप् क्यामेरालाई ह्याण्डसेटको मध्यभागम राखिएको बताइएको छ ।साथै, यसमा जडान गरिएको रंगिन आरजीबी एट्मसफेर लाइटले प्रयोगकर्तालाई तिनका सेल्फीमा विभिन्न मुड प्रदान गर्छ ।
स्क्रिनः
स्मार्टफोनको कुरा गर्दा स्क्रिनलाई पनि एक प्रमुख अंगका रुपमा लिइन्छ । यही कुरालाई विशेष ध्यानमा राखी ओप्पोले उपभोक्ताका चाहना पूरा गर्न विशेष पहल गरिएको बताएको छ । वेभ ब्राउजिङ गर्दा होस्, भिडियो स्ट्रिमिङ वा गेमिङ हरेक अवस्थामा यसमा रहेको पानोरामिक स्क्रिन साइजले आरामदायी तथा उत्कृष्ट भ्यूइङ अनुभव प्रदान गर्छ ।
फोनको ब्याक कभरमा जस्तै सम्भावित क्षतिबाट जोगाउने सोचका साथमा यसमा रहेको ६.५ ईञ्च एमोलेड पानोरामिक स्क्रिनमा पाचौँ पुस्ताको कोर्निङ गोरिल्ला ग्लासको प्रयोग गरिएको छ ।
यस्तै निरन्तर फोनको प्रयोग गर्दा प्रयोगकर्ताको आँखालाई स्क्रिनले फाल्ने हानिकारक नीलो प्रकाशबाट जोगाउन फ्लिकर फ्रिमोड र नाइट शिल्ड मोड उपलब्ध गरिएको छ ।
कम्पनीले फोनमा ४ हजार एमएएच (टीवाईपी) ब्याट्री जडान गरेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत मज्जाले चार्ज गर्न सकिन्छ । फोनमा स्मार्ट एआई रेफ्रिजिरेटरको ब्यवस्था पनि रहेको छ । यसले चलायामन नरहेको अवस्थामा स्वचालित रुपमा एपलाई फ्रिज गरी ब्याट्री बचतमा सहयोग गर्नेछ ।
गेमर्सले अब मोबाइलमा आधा चार्ज बाँकी रहँदा खेललाई निरन्तरता दिनुपर्दा झेल्नुपर्ने तनावबाट मुक्ति पाउनेछन् । कम्पनीले यसको समाधानका रुपमा फोनमा भोक फ्ल्याशचार्ज ३.० प्रविधि उपलब्ध गराएको छ । भीएफसी फास्ट चार्जिङ अल्गोरिथमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर मात्र ३० मिनेटको समयमा ५१% चार्ज गर्ने क्षमता राख्छ ।
फास्टर फिंगरप्रिन्ट अनलकिङ
रेनोटू एफमाओपोले पछिल्लो संस्करणका तुलनमा अझ तीव्र हिँड्न फिंगरप्रिन्ट अनलक ३.० उपलब्ध गराएको छ । अनलक एरियाको प्रकाश यस पटक पछिल्ला संस्करणका तुलनमा १६ प्रतिशत चहकिला र स्क्रिन अन रहेको समयमा यसको अनलकिङ गति ११ प्रतिशतसम्म तीव्र हुने बताइएको छ । यसका लागि कम्पनीले अप्टिकल फिंगरप्रिन्ट लेन्सका लागि थप उपयुत्त mचहकिलो स्क्यानिङको प्रयोग गरेको छ ।
रेनोटू एफमा एमटीके हेलियो पी७० सीपीयूका साथमा ८जीबी ¥याम र १ सय २८जीबी रोमको शक्तिशाली संयोजन दिइएको छ ।
एमटीके हेलियो पी७०द्वारा संचारित र परिस्कृत २.१जीएचजेड प्रशेसर टर्बो चार्जेज्ले उत्कृष्ट कार्यक्षमता प्रदर्शित गर्नुका साथै आरामदायी अनुभवका साथै सटिक रेस्पोन्स प्रदान गर्ने बताइएको छ ।
ओपोले नेपालमा रेनोटू एफलाई “लेक ग्रिन” र “स्काइ ह्वाइट” गरी दूई आकर्षक रंगमा सार्वजनिक गरेको छ । रु. ४६,९९० मूल्य निर्धारण गरिएको रेनोटू एफ अक्टोबर १८ मा काठमाडौंको न्यूरोड स्थित आधिकारिक शोरुममा आयोजना गरिने फस्र्ट सेल लगतै देशभरका प्रमुख बिक्रीमार्फत उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago