काठमाण्डौ । नेपालमा कम्पनीद्वारा पहिलो पटक अनलाइन लञ्च ईभेन्ट आयोजना गरी सार्वजनिक गरिएको ओपो एफ१५ले यसमा रहेको ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई ब्यवसायिक फोटोग्राफी झैँ अनुभव प्रदान गरिरहेको छ ।
“ओपो एफ१५ले विभिन्न नवप्रबर्तन र ट्रेण्डि प्रविधिहरुको समायोजन मार्फत ह्याण्डसेटकै माध्यमबाट धेरैभन्दा धेरै काम गर्न सकियोस् भन्ने चाहना राख्ने यूवा पुस्तालाई अपिल गर्ने लक्ष्य राखेको छ । यूवा पुस्ता माझ हाम्रो एफ सिरिज सर्वाधिक लोकप्रिय सिरिजका रुपमा प्रमाणित भइसकेको छ । एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक (नजिक) देखिने तस्वीर खिच्न सघाउँछ ।”, एफ१५का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।
निर्माताका साथै उपभोक्ता समेत एफ१५ मार्फत पस्किएका नवप्रबर्तन तथा कार्य सम्पादनबाट पूर्णरुपमा सन्तुष्ट छन् । यसै कारण प्राप्त मायाँ र माग मार्फत एफ१५ले एफ सिरिजलाई नयाँ उचाइ समेत प्रदान गरिरहेको छ । फोनमा समाहित यस्तै तीन प्रमुख विशेषतका बारेमा थप जानकारी दिने सोचका साथ यो लेख तयार पारिएको हो ।
हत्केलामै ब्यवसायिक फोटोग्राफी परफरमेन्स
स्लिक प्याकेजमा उपलब्ध ओपो एफ१५मा कम्पनीले ४८एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम उपलब्ध गरेको छ । फोनको मूल्य श्रेणीमा उपलब्ध उत्पादनहरु मध्य नै यसको क्यामेरा उच्च क्षमताको हुनुका साथै अल्ट्रा प्रोफेसनल शट्स दिने क्षमता राख्छ । यसमा रहेको फोर(ईन(वान पिक्सेल कम्बिनेसन प्रविधिको प्रयोगले यसको ४८एमपी रियर क्यामेरा सेन्सरको डिजाइन मार्फत विस्तृत तथा गुणस्तरिय तस्विर लिन सघाएको छ ।
यसमा रहेको वाइड एंगल मोड मार्फत प्रयोगर्ताले करिव ३ सेन्टिमिटर सम्म माक्रोको प्रयोगगर्दै सहजै अटोफोकस गर्न सक्छन् । यसर्थमा अब खानाका तस्विर अझ लोभलाग्दा, अक्षर तथा कागजातहरु अझ स्पष्ट र खिच्न सहज हुनुका साथै, फूल तथा किराहरुका तस्विर अझ सहजरुपमा थप आकर्षक तरिकाले सहजै लिन सकिन्छ ।
फोनका फ्रन्ट तथा पछिल्ला दुबै पट्टिका क्यामेरामा उपलब्ध एआई भिडियो ब्यूटिफिकेशन फिचरमा उपलब्ध गरिएको नयाँ अल्गोरिथमले हरेक अनुहारका लागि सुहाउँदो प्राकृतिक ब्यूटिफिकेसन एड्जस्टमेन्टका लागि कस्टमाइज्ड एनालाइसिसपनि उपलब्ध गराउँछ ।
आन्तरिक गायरोस्कोपका साथै ईलेक्ट्रोनिक ईमेज स्टेबलाइजेसन (ईआईएस) सुसज्जित ओपो एफ१५मा ओपोको अग्रणी एण्टि(शेक भिडियोपनि उपलब्ध गरिएको छ । शेकी (हल्लिरहेको) अवस्थामा समेत ओपो एफ१५ले स्पष्ट, शार्प र सटिक (कम्पन रहित) भिडियो खिच्न सघाउँछ । तसर्थ, तस्विर वा भिडियो मार्फत आफ्ना कथाहरु प्रस्तुत गर्न चाहनेहरुका लागि ओपो एफ१५ सटिक माध्यम हुन सक्छ ।
फोनमा कम्पनीले कम प्रकास भएका स्थानमा समेत आकर्षक पोट्रेट फोटोग्राफीको मज्जा दिने सोचका साथ नाइट प्रोटे«ट मोडपनि उपलब्ध गराएको छ । कम्पनीले उपलब्ध गराएका पछिल्ला संस्करणका तुलनामा ओपो एफ१५ रहेको नाइट पाट्रेट मोडले अध्यारा सडक, रेस्टूराँ, पार्क लगायत विशेष स्थानमा अझ सटिक पोटे«ट खिच्न सघाउँछ । त्यसैगरी, यसमा रहेको पोट्रेट एचडीआरले प्रत्यक्ष सूर्यको प्रकाश रहेका स्थानमा पहिलेका तुलनामा अझ सटिक र गुणस्तरिय पोटे«ट लिन सघाउँछ । फरक फरक एक्स्पोजर सहितका तस्विर लिएर यसलाई ईन्टेलिजेन्ट प्रविधि मार्फत एउटैमा मिलाएर एउटा विशिस्ट फोटो प्रस्तुत गर्छ । त्यसैगरी यसमा आवश्यकता अनुसार मिलान गर्न सकिने एड्जस्टेबल पोट्रेट बोकेह ईफेक्टपनि उपलब्ध छ । यसको सहायता मार्फत प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याकग्राउण्ड बोकेह ईफेक्ट समायोजन गर्न सक्छन् ।
अत्याकर्षक स्लिक डिजाइन र उत्कृष्ट परफरमेन्स
एक हातमा राखेर मज्जाले चलाउन सकियोस् भन्ने तिर विशेष ध्यान दिएर बनाइएको ओपो एफ१५को हल्कापन हातमा बोक्ने वित्तिकै अनुभव हुन्छ । जम्मा ७.९ एमएमको पातलो आकार र १ सय ७२ ग्राम वजन भएको यसमा दिइएको डिजाइनका कारण यसको स्क्रिन रेसियो २०ः९ रहेको छ । यो पछिल्लो एफ११का तुलनामा ५ प्रतिशत थप पातलो र ९ प्रतिशत हल्का हो ।
यसमा प्रयोग गरिएको स्लिम डिजाइनका कारण ओपो एफ१५ सहजै खल्तीमा बोक्न सकिन्छ । यसमा रहेका चार क्यामेरामा मिनिमलिस्टिक डिजाइन अपनाइनुका साथै फ्ल्याशलाइटको स्थान छनोट क्यामेराको प्रकाशका आधारमा गरिएको छ । क्यामेराको सतहलाई माथी उठाएर यसको लेन्सलाई थप सुराक्षा प्रदान गर्ने सोचका साथ यसमा डेकोरेटिभ रिङको ब्यवस्थापनि गरिएको छ । समग्रमा भन्नु पर्दा ओपो एफ१५ स्टाइलिश, अल्ट्रा पोर्टेबल र सटिक ओटीजी फोन हो ।
ओपो एफ१५मा रहेको फिंगरप्रिन्ट अनलक ३.०ले उपकरणलाई मात्र ०.३२ सेकेण्डको अवधिमा अनलक गर्छ । यो पछिल्लो पुस्ताका प्रविधिका तुलनामा ४५%ले तिब्र हो । यसका लागि नयाँ प्रविधिको हार्डवेयर र सफ्टवेयर दूबै पक्षमा विशेष सुधार गरिएको छ । यसका कारण तिब्र गतिमा अनलकिङ हुनुका साथै, हार्डवेयरमा आधारित एन्टी फोर्जिङ प्रविधि मार्फत थप सुरक्षा प्राप्त हुन्छ ।
८ जीबी ¥याम र १२८जीबी रोम सुसज्जित ओपो एफ१५ले स्मूथ अनुभवका साथै पर्याप्त स्टोरेज उपलब्ध गराउँछ । भोक फ्ल्याश चार्ज ३.० सहितको ओपो एफ१५ले मात्र ५ मिनेटको समयमा १०% र ३० मिनेटमा ५०% चार्ज दिने क्षमता राख्छ । पछिल्लो भोक २.०का तुलनामा यो २६%ले तीव्र छ ।
शक्तिशाली सफ्टवेयर र हार्डवेयर
९०.७% स्क्रिन टू बडी रेसियो तथो एफएचडी+ एमोलेड २४००×१०८० रेजोल्यूशन सहितको ओपो एफ१५ले अल्ट्रा क्र्रिस्प गेमिङ तथा मनोरञ्जन अनुभव प्रदान गर्छ । फ्रेम बुस्ट र टच बुस्ट सहितको ओपो एफ१५ले स्मूथ गेमिङ अनुभव प्रदान गर्छ । यी फिचर्सले गेम ल्याग हुनुबाट जोगाउनुका साथै टच रेस्पोन्सा सुधार ल्याएर गेमिङमा राम्रो नियन्त्रण बनाउनमा समेत सघाउँछ । यसमा रहेको गेमिङ भ्वाइस चेन्जरको सहायता खेलमा थप रमाइलो थप्ने निश्चित छ । यसमा रहेको ईन(गेम न्वाइज क्यान्सलिङ ईफेक्ट मार्फत गेमिङ साउण्डमा थप सुधार दिँदै आवाज सुन्न र पहिचान गर्नमा सघाउँदै खेलमा उत्कृष्टता ल्याउन सघाउँछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago