 
                     
                                
                             
                                    काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपोले आफ्नो ए सिरिजको पोर्टफोलियोमा नयाँ उत्पादन थप गर्ने तयारी गरेको छ ।
ओपोले चाँडै नै नेपाली बजारमा ओपो ए७१(२०१८) सार्वजनिक गर्ने घोषणा गरेको हो । परिस्कृत एआई ब्यूटी प्रविधि र शक्तिशाली क्वालकम स्न्यापड्र्यागन ४५० प्रोशेसर सहितको ए७१(२०१८)को फ्रण्ट क्यामेरामा ओपोको कोर सेल्फी प्रविधि उपलब्ध गरिएको छ । साथै, फोनमा अपनाइएको स्ल्मि मेटालिक यूनिबडी डिजाइनले यूवावर्गलाई आफुतिर आकर्षित गर्ने निश्चित छ ।
नेपालमा ओपो ए७१को पहिलो संस्करण ओक्टाकोर सीपीयू प्लस ३जीबी र्याम र ३ हजार एमएएच ब्याट्री सहित सेप्टेम्बर २०१७मा सार्वजनिक गरिएको थियो । नेपालको मिड रेञ्ज्ड स्मार्टफोन बजारमा फोन निकै लोकप्रिय प्रमाणित भयो । सोही समयदेखि उपभोक्ताद्वारा फोनका थप भ्यारियण्टको माग हुँदै आइरहेको छ । यही मागको सम्बोधन गर्दै यही मार्च महिना भित्रै ए७१(२०१८) सार्वजनिक गर्ने घोषणा गरेको हो ।
कम्पनीले नयाँ फोन सुनौलो र कालो गरी दूई रंगमा सार्वजनिक हुने जानकारी दिएको छ । कम्पनीका अनुसार ओपोको देशभर छरिएर रहेका विक्रि केन्द्र मार्फत नयाँ फोन उपलब्ध गराइने छ ।
ओपो ए७१ (२०१८)का बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नेपाली बजारमा चाँडै नै अत्याधुनिक सेल्फी प्रविधि र आकर्षक डिजाइन सहितको ए७१ (२०१८) सार्वजनिक गर्ने हाम्रो तयारी रहेको छ । नयाँ फोनले हाम्रा उपभोक्ताको माग तथा आवश्यकताको समग्र सम्बोधन गर्ने कुरामा हामी विश्वस्त छौँ ।’
ओपोको नयाँ मोडलले सहज मल्टिटास्किङ तथा एक एप्सबाट अर्कोमा स्विच गर्न सहजता तथा तिब्र कार्य सम्पादन क्षमता उपलब्ध गराउँछ । यसले गर्दा फोटो लिने, भिडियो हेर्ने तथा गेम्स खेल्ने लगायत कार्य सहजताका साथ गर्न सकिन्छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19