काठमाण्डौ। ओरियण्टल होटल(र्‍याडिसन) को २६औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।

सभाले ५.२७ प्रतिशत (करसमेत) नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर समेत गरी उक्त लाभांश प्रस्ताव गरेको थियो।

सभामा अध्यक्ष सुभद्रा श्रेष्ठले सेयरधनीबाट प्राप्त सुझाव अनुसार आगामी दिनमा होटलको काम कारवाहीहरु सञ्चालन गर्ने बताइन्।

उनका अनुसार कम्पनीको नयाँ भवन तीब्र रुपमा निर्माण भैरहेको छ। जसलाई यसै वर्ष सम्ममा पूरा गर्ने लक्ष्य कम्पनीको छ। मुख्य भवनको ३, ४ र ५ औं तल्ला पुनः निर्माण गरी आधुनिक बनाउन यही वर्षदेखि सुरु गर्ने कम्पनीले जनाएको छ।