crude oil
काठमाण्डौ । कच्चा तेल(क्रूड)को मूल्य बढेर ६१.५० डलर प्रति ब्यारेलको उचाईमा पुुगेको छ । यो मूल्य २ वर्षकै उच्च हो ।
पछिल्लो ३० दिनमा मात्रै क्रूडको मूल्यमा १० प्रतिशतको बढोत्तरी भइसकेको छ । यस्तै, सन् २०१७ जुनपछि क्रूडको मूल्यमा ३६ प्रतिशतको बढोत्तरी भइसकेको छ ।
अन्तराष्ट्रिय क्षेत्रका कमोडिटी विज्ञहरुको भनाईमा यो वर्षको अन्तसम्म कच्चा तेलको मूल्यमा बढोत्तरीको यो क्रम जारी रहनेछ । उनीहरुका अनुसार डिसेम्बरसम्म क्रूडको मूल्य प्रतिब्यारेल ६४ डलर प्रति ब्यारेलसम्म पुुग्न सक्नेछ ।
यो वर्षको सुरुवातमा क्रूड ५६.८२ डलर प्रति ब्यारेलको स्तरमा थियो । त्यसपछि २२ जुनमा मूल्य घटेर ४५.२२ डलर प्रतिब्यारेलसम्म आएको थियो । २२ जुनपछि हालसम्म मूल्य ३६ प्रतिशत बढिसकेको छ । यस्तै, पछिल्लो एक महिनाको अवधिमा क्रूडको मूल्य ५६.१२ डलर प्रतिब्यारेलबाट बढेर ६१.६० डलर प्रतिब्यारेलसम्म पुुगिसकेको छ ।
विज्ञहरुका अनुसार कच्चा तेल उत्पादक देशहरुको संगठन ओपेकका सदस्य देश रुस तथा अन्य सदस्य सन् २०१८ मा पनि क्रूड उत्पादनलाई जारी राख्न राजी छन् । हालै सबैभन्दा ठूलो कच्चा तेल उत्पादक देश साउदी अरबले ओपेक र नन्ओपेक देशसँग मिलेर कच्चा तेलको माग तथा आपूर्तिमा सन्तुलन राख्न प्रयास गर्ने बताएको छ । यस्तै, रुसले समेत ओपेक देशको यो निर्णयलाई सपोर्ट गर्दै आगामी डिल बढाउने संकेत दिएको छ । यसपछि नै क्रूडको मूल्य लगातार बढिरहेको छ ।
विज्ञहरुले जनवरी महिनादेखि नै क्रूडको उत्पादनमा प्रतिदिन १.८ मिलियन ब्यारेलको कटौति भइसकेको बताएका छन् । आगामी दिनमा समेत ओपेक देशले यसलाई जारी राख्नेछन् । इरानको तर्फबाट सप्लाई घटिसकेको छ ।
यस्तै, चीन तथा यूरोपका केही देशमा आर्थिक गतिविधि बढिरहेको छ । यस्तो अवस्थामा तेलको माग बढ्ने अपेक्षा गर्न सकिन्छ । अर्कोतर्फ, जियोपोलिटिकिल टेन्सन समेत अर्को एक महत्वपूर्ण कारण हो, जसका कारण कतिपय देशले क्रूडको आयात बढाएर आफ्नो स्टोरेज क्षमता समेत बढाउन सक्नेछन् । यहीकारण क्रूडको मूल्यमा अहिलेको बढोत्तरी आगामी दिनमा समेत यथावत र निरन्तर रहनेछ ।
कतिपय विज्ञले भने डिसेम्बरको अन्तसम्म कच्चा तेलको मूल्य प्रतिब्यारेल ६५ डलरसम्म पुुग्नसक्ने प्रक्षेपण गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago