Kanchan Development Bank Limited
काठमाण्डौ । कञ्चनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय रहेको कञ्चन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने भएको छ ।
बैंकको शनिवार सम्पन्न विशेष साधारणसभाले २ः१ को अनुपात अर्थात ५० प्रतिशतका दरले हकप्रद दिने प्रस्तावलाई पारित गरेको हो ।
विशेष साधारणसभाले १० प्रतिशत प्रोमोटर सेयरलाई साधारण सेयरमा रुपान्तरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । योसँगै अब बैंकमा संस्थापक र साधारण सेयर स्वामित्वको अनुपात ५१ः४९ भएको छ ।
यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमास अवधिमा ३ करोड ३६ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । कम्पनीको चुक्तापूँजी १९ करोड ८० लाख रुपैयाँ छ भने सञ्चित कोषमा ५ करोड ४७ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद निश्कासनपछि बैंकको चुक्तापूँजी २९ करोड ७ लाख पुग्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago