काठमाण्डौ । कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ।

उक्त अफरअन्तर्गत मंसिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्टर आईपीएसमा रजिस्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन्।  

बैंकका ग्राहकले कनेक्ट आईपीएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिस्टर गरिएको मोबाइल नम्बरमा रु. २५ को रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलोपटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै रु. २५ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन्। 

त्यसैगरी कनेक्टर आईपीएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा रु. १०० क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन (अधिकतम रु. १५ हजारसम्म) समेत प्राप्त गर्न सक्नेछन्।    

बैंकका ग्राहकले कनेक्ट आईपीएस मोबाइल एप डाउनलोड गरी वा धधध।अयललभअतष्उक।अयm मा गई नयाँ युजर बनाउन सक्नेछन्। एकपटकको भेरिफिकेसनपश्चात एक वा सोभन्दा बढी बैंक खाता लिंक गरी अनलाइन सेल्फ भेरिफाई  वा सम्बन्धित बैंक वित्तीय संस्थामार्फत एकपटक भेरिफाई गराउनुपर्ने हुन्छ। 

कनेक्ट आईपीएस बैंकका ग्राहकहरुका लागि एकै प्लेटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानीहरु गर्नका लागि एक सजिलो माध्यम हो। कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार रु. २० लाखसम्म र यसको मोबाइल एपमार्फत प्रतिकारोबार रु. २ लाखसम्मको भुक्तानी गर्न सकिन्छ। यसमार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा, ट्राफिक फाइन, सेयर कारोबारलगायतका थुप्रै प्रकारका भुक्तानी गर्न सकिन्छ। 

कनेक्ट आईपीओ फन्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपीएसअन्तर्गतको रिटेल पेमेन्ट स्विचमार्फत सञ्चालनमा रहेको छ। कनेक्ट आईपीएसमार्फत चालु आर्थिक वर्षको पहिलो ४ महिनामा ५७ सदस्य बैंक वित्तीय संस्थामार्फत रु. ११ खर्ब ५० अर्बबराबरको १ करोड ५० लाखभन्दा बढी भुक्तानी कारोबार फर्छयौट भइसकेको छ।