काठमाण्डौ । ‘बुल रन’ सुरु भएको बजारमा छोटो समयमै कतिपय कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । 

दोश्रो बजारको पछिल्लो एक महिनाको तुलनात्मक अध्ययनको क्रममा कैयन कम्पनीका लगानीकर्ता मालामाल बनेका देखिएको छ । 

यो क्रममा एक महिनाअघि सेयर किनेर रातारात मस्त कमाउने लगानीकर्ता समेत निकै धेरै छन् । विशेषगरी माइक्रोफाइनान्स र बिमा कम्पनीमा लगानी गर्नेहरुले रातारात मस्त कमाई गरेका छन् । 

जनवरी १ को मूल्य र जनवरी ३० को बजार मूल्यका आधारमा बिजशालाले गरेको तुलनात्मक अध्ययनको क्रममा धेरै रिटर्न दिने कम्पनीहरुको सूचिमा माइक्रोफाइनान्स सेक्टरले कब्जा जमाएको छ । त्यसमा बिमा कम्पनीको उपस्थिति थोरै मात्र छ । 

यो अवधिमा सबैभन्दा बढी रिटर्न सिभिल लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयरमा गरिएको लगानीले दिएको छ । एक महिनाकै अवधिमा यो कम्पनीको सेयर मूल्यमा ६६ प्रतिशतको उछाल आएको छ । जनवरी १ मा यो कम्पनीको दोश्रो बजारको मूल्य प्रतिकित्ता ५७० रुपैयाँ रहेकोमा बढेर जनवरी ३० मा ९४७ रुपैयाँ पुगेको हो । यसको अर्थ एक महिनाअघि यो कम्पनीको सेयरमा १ लाख रुपैयाँ लगानी गर्नेको सम्पत्ति बढेर १ लाख ६६ हजार माथि पुग्यो भन्ने हो । एक महिनामै यति ठूलो रिटर्न अति उत्साहजनक अवस्था हो । 

यो अवधिमा १९ वटा सूचिकृत कम्पनीको सेयरमा लगानी गर्नेहरुले ५० प्रतिशतभन्दा बढीको रिटर्न पाएका छन् । 

तीन कम्पनीका लगानीकर्ताले ६० प्रतिशतको हाराहारीमा रिटर्न पाएका छन् । 

गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समेत यो अवधिमा ६१ प्रतिशत बढी, एनएमबी माइक्रोफाइनान्सको पनि ६१ प्रतिशत भन्दा बढी, समता माइक्रोफाइनान्सको ६० प्रतिशत हाराहारीमा बढेको छ । 

जनवरी १ माा गुराँस लाइफको दोश्रो बजार मूल्य प्रतिकित्ता ४६० रुपैयाँ रहेकोमा जनवरी ३० मा ७४१, एनएमबी माइक्रोफाइनान्सको ५७५ रुपैयाँ बढेर ९२८ रुपैयाँ र समताको ५१५ बाट बढेर ८२० रुपैयाँ पुगेको छ । 

यो अवधिमा एशियन लाइफ इन्स्योरेन्स(५१.३२), एभरेष्ट इन्स्योरेन्स(५७.७३), ग्लोबल आइएमई लघुवित(५४.६२), गुराँस लघुवित्त(५०.९८), इन्फिनिटी लघुवित्त(५१.१७), मिथिला लघुवित्त(५३.७९), मल्टीपर्पस फाइनान्स(५२.८८), प्रूडेन्सियल इन्स्योरेन्स(५४.८९), प्राइम लाइफ इन्स्योरेन्स(५४.८९), सबैको लघुवित्त(५५.७५), स्वदेशी लघुवित्त(५३.०३), स्वरोजगार लघुवित्त(५२.४०), सूर्या लाइफ इन्स्योेरेन्स(५१.९४), समता माइक्रोफाइनान्स(५९.२२) र विजय लघुवित्त(५२.६०)को सेयर मूल्यमा उच्च बढोत्तरी भएको छ । 

यो एक महिनाको अवधिमा राम्रो रिटर्न दिएका बाँकी कम्पनीहरुको सूचि हेर्नुहोस्: