काठमाण्डौ । कुमारी बैंकको करिब सवा ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। 

कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २१ हजार ३९४ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको नाममा रहेको ३ लाख १६ हजार १४० कित्ता र चन्द्रबहादुर खत्रीको ५ हजार २५४ कित्ता सेयर बिक्रीमा राखिएको छ। 

उक्तसेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालय र काठमाण्डौको टंगालस्थित बैंकको प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। 

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।